अबुधावी, कतार, बहराईन र कुवेतमा शक्तिशाली बिस्फोट, हवाई उडानमा प्रतिबन्ध

१६ फाल्गुन २०८२, शनिबार १५:३७

काठमाडौं । अमेरिकाले इराकमाथि गरेको आक्रमणको बदलामा तत्कालै इरानले प्रत्याक्रमण सुरु गरेको छ ।
गल्फ न्यूजका अनुसार बहराईन, कतार, दुबई कुवेतमा रहेका अमेरिकी सैनिक अखडाहरु निशानामा परेका छन् । केहीबेर अघि बहराईनले आकाशमा यात्रु बाहक जहाजको उडानमाथि प्रतिबन्ध लगाउँदै मिसाइल प्रतिरक्षा प्रणाली सक्रिय भएको जनाएको छ ।

त्यस्तै, कतारस्थित अमेरिकी सैनिक अड्डालाई लक्षित मिसाइल प्रहार गरिएको छ । जहाँ शक्तिशाली बिस्फोटको आवाज र धुकाको मुस्लोहरु निस्किएका छन् । त्यस्तै दुबईको अबुधावीमा पनि इरानी प्रत्याक्रमणबाट प्रभावित भएको छ । कुवेतमा समेत इरानले आक्रमण गरेको छ ।

आजै विहान अमेरिका र इजरायलले इरानमाथि संयुक्त सैनिक कारवाही सुरु गरेका थिए । अमेरिकाले आक्रमण गरे लगत्तै ट्रिगरमा औला राखेर बसेको विश्वास गरिएको इरानले मध्यपूर्वमा रहेका सबै अमेरिकी शिविरहरुमा इरानले एकैसाथ आक्रमण गरेको हो ।

हालसम्म मावनीय क्षतिको विवरण आउन सकेको छैन । उता, सिंगो मध्यपूर्वको आकाश यतिबेला खाली गराइएको छ । आकाशमा उडिरहेका जहाजहरुको बिचल्ली भएको छ । कतार एयरले आफ्ना सबै जहाजहरुलाई तत्कालै फर्काएको थियो । त्यस्तै दुबईस्थित विश्वकै सबैभन्दा व्यस्त हुने अलमोक्तान विमानस्थल समेत बन्द गरिएको छ ।

इरानले गर्ने आक्रमणलाई रोक्न हवाई आकाश खाली गरिएको हो । यद्यपि यसबाट लाखौं यात्रुको बिचल्ली पर्ने भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*