आइतबार सुनको मूल्यमा उच्च वृद्धि, प्रतितोला कति ?
१७ फाल्गुन २०८२, आईतवार १०:४३

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य उच्च वृद्धि भएको छ । सुन आज एकैदिन तोलामा पाँच हजार ६०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने तोलामा २४५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ९८५ रुपैयाँ कायम भएको छ ।












