श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सीईओमा अनिल जोशी नियुक्त
१७ फाल्गुन २०८२, आईतवार ११:०३

काठमाडौँ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनिल जोशी नियुक्त भएका छन् । फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई सीईओको जिम्मेवारी दिएको हो ।
उनलाई आगामी ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई फागुन २३ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।












