सिन्धु विकास बैंकको स्थगित साधारणसभा पुनः आह्वान

१७ फाल्गुन २०८२, आईतवार ११:४८

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले फागुन १५ गते शुक्रबार दिउँसो साढे १ बजे काभ्रेपलाञ्चोकको धुलिखेलस्थित होटल सारथीमा बोलाएको सोह्रौं वार्षिक साधारणसभा स्थगित भएपछि फागुन २९ गते शुक्रबार पुनः साधारणसभा आह्वान गरेको छ।

लाभांश वितरण नगर्ने निर्णय गरिसकेको यस बैंकले कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने प्रस्ताव सहित साधारणसभा बोलाएको थियो तर ५१ प्रतिशत शेयरधनी (गणपूरक संख्या) उपस्थित नभएपछि साधारणसभा नै स्थगित गर्नु परेको कम्पनी सचिव पुस्कर जिसीले बताएका छन्।

उक्त साधारणसभा स्थगित भएपछि सञ्चालक समितिको बैठक बसी पुनः फागुन २९ गते शुक्रबारका दिन बिहान १० बजे काभ्रेपलाञ्चोकको बनेपास्थित अरनिको पार्टी प्यालेसमा साधारणसभा आह्वान गरेको हो। साधारणसभाका लागि बैंकले माघ २९ गते नै बूक क्लोज गरिसकेको छ।

साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय अनुसूचीहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि बाह्य लेखापरीक्षकको नियुक्ति गर्ने र सञ्चालकमा ३ जना सर्वसाधारण शेयरधनी निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*