आइतबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
१७ फाल्गुन २०८२, आईतवार १५:०१

काठमाडौँ । शेयर बजारमा दोहोरो अकंको सुधार देखिएको छ । बजार लगातार पाँचौ दिन समेत हरियाली आएको हो । बजार बढेसँगै कारोबार रकम समेत बढेको छ ।
आइतबार ५ अर्ब माथिको कारोबार भएको छ । आज सर्वाधिक शेयर कारोबार राधि विद्युतको भएको हो । कम्पनीको ३६ करोडको शेयर कारोबार भएको हो ।
त्यस्तै, अपि पावर, मञ्जुश्री फाइनान्स, आखुखोला जलविद्युत र एसवाई प्यानलको शेयर सर्वाधिक कारोबार भएको हो ।













