आज यी १० कम्पनीका लगानीकर्ता भए मालामाल, कुनको कति बढ्यो ?

१७ फाल्गुन २०८२, आईतवार १५:१६

काठमाडौँ । शेयर बजारमा हरियाली आएको छ । बजारमा निरन्तर हरियाली आउँदा लगानीकर्ताको मनोबल वृद्धि भइरहेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.२७ अकंले बढेर २६७४.२० बिन्दुमा कायम भएको छ । आज ३४१ कम्पनीको १ करोड ३१ लाख ९३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६४ करोडको कारोबार भएको हो ।

आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सालपा विकास बैंक र रिलायन्स मिल्सको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

साथै, बराही हाइड्रोपावरको ६.७४ प्रतिशत,एनआईबिएल ग्रोथ फण्डको ६ प्रतिशत र गुडविल फाइनान्सको ३.६३ प्रतिशतले शेयर मूल्य बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*