मध्यपूर्वमा अन्त्यहिन भयानक युद्ध सुरु, २५ लाख नेपालीको रोजगारी संकटमा

१७ फाल्गुन २०८२, आईतवार १५:३३

काठमाडौं । मध्यपूर्वमा यतिबेला भयानक युद्ध सुरु भएको छ । इरानको सत्ता परिवर्तन गर्ने भन्दै अमेरिका र इजरायलले सुरु गरेको नयाँ युद्धको गम्भिर र घातक परिणाम सुरु भइसकेको छ । इरानका सर्वोच्च नेता आयोतोल्ला खामेनीलाई इजरायल र अमेरिकाले मिलेर हत्या गरेका छन् । त्यसको बदलामा इरानले गरेको प्रत्याक्रमणमा आठ वटा देश सिकार बन्न पुगेका छन् । इरानले एकैसाथ आठ वटा देशको सैनिक शिविरमा हमला गरेर आफ्नो शक्ति प्रदर्शन गरेको छ ।

इरानी प्रत्याक्रमणपछि कतार र युएईको आर्थिक भविष्य अन्धकारमा डुब्ने त्रास फैलिएको छ । इरानी सेनाले स्ट्रेट अफ हर्मुजलाई बन्द गरिदिएका छन् । जसका कारण विश्वभर इन्धनको कारोबार तथा ढुवानी थप जटिल बन्न देखिन आएको छ । दैनिक तीन लाख यात्रुले यात्रा गर्ने दुबईको डिएक्सबी विमानस्थल पछिल्लो २४ घण्टादेखि बन्द छ र अझै कतिदिन बन्द हुन्छ भनेर भन्न सकिने अवस्था छैन ।

पछिल्लो विवरण अनुसार इरानले कतारमा रहेको इन्डस्ट्रियल क्षेत्रमा समेत मिसाइल आक्रमण गरेको छ । जसले कतारमा थप लगानीको वातावरण बिग्रन पुगेको छ । उल्लेखित तथ्यहरुबाट अब छिट्टै मध्यपूर्वको उद्योग र व्यापारमा तीव्र गिरावट आउने निश्चित छ ।

इरानको रिभोलुस्नरी गार्ड शक्तिशाली सैन्य संगठन र अत्याधुनिक हतियारले सुसज्जित भएकोले तत्कालै अमेरिका र इरानबीचको युद्ध अन्त्य हुने सम्भावना छैन । इरानले अब वार्ता नगर्ने र बरु खामेनी पथमा अघि बढ्ने त्यहाँको सैनिक प्रबक्ताले जनाएको सरकारी सञ्चार माध्यम तास्निमले जनाएको छ । यसले अमेरिका इरान युद्ध तत्काल अन्त्य हुने सम्भावन छैन ।

मध्यपूर्वका कतारमा करिब चार लाख, दुबईमा पाँच लाख (भिजिट भिषामा गएका करिब दुई लाख समेत करिब सात लाख, साउदी अरबमा करिब दुई लाख, कुवेतमा एक लाख ५० हजारसहित कूल करिब २१ लाख नेपाली युवाहरुले खाडी मुलुकहरुमा पसिना बगाएर नेपालमा घरबार चलाइरहेका छन् ।

अहिलेको युद्धले खाडी मुलुकका नेपालीहरुको रोजगारी गुम्ने र घर फर्कनुपर्ने अवस्था आउनसक्ने देखिएको छ । जसका कारण नेपालले ठूलो मात्रामा विदेशी मुद्रा आर्जन समेत गुमाउन पुग्ने देखिन्छ । यदि खाडी मुलुकमा छ महिना मात्रै युद्ध लम्बियो भने त्यहाँ रहेका करिब २१ लाख नेपाली स्वदेश फर्कनुको विकल्प बाँकी रहदैन ।

केहीबेर अघि नेपालको परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरेर उद्धार गर्नुपर्ने नेपालीहरुको लागि रजिष्ट्रेशन गर्ने कार्य शुभारम्भ गर्न लागिएको जनाएको छ । साथै आजै विहान मुख्य सचिवको उपस्थितिमा एउटा बैठक बसेर मध्यपूर्वमा उत्पन्न समस्यामाथि छलफल भएको जानकारी दिइएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*