खाडी मुलुकको श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित

१७ फाल्गुन २०८२, आईतवार १५:४९

काठमाडौँ । मध्यपूर्वमा विकसित हुँदै गएको युद्धजन्य अवस्थालाई मध्यनजर गर्दै सरकारले खाडी तथा प्रभावित मुलुकतर्फ जाने नेपाली कामदारका लागि श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ।

मध्यपूर्व क्षेत्रमा इजरायल, अमेरिकाइरान बीच चर्किएको द्वन्द्वले सुरक्षा जोखिम बढेपछि श्रम स्वीकृति प्रक्रिया रोकिएको हो। पछिल्ला दिनमा इरानले क्षेत्रीय रूपमा रहेका अमेरिकी सैन्य संरचनामाथि जवाफी आक्रमण थालेपछि अवस्था थप जटिल बन्दै गएको सरकारी अधिकारीहरूले जनाएका छन्।

सरकारका अनुसार विशेषगरी युनाइटेड अरब इमिरेट्स, कतार, ओमानकुवेत लगायतका देशमा सुरक्षा सतर्कता उच्च बनाइएपछि त्यहाँ कार्यरत तथा जान लागेका नेपाली श्रमिकको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अर्को सूचना जारी नभएसम्म ती मुलुकतर्फ श्रम स्वीकृति नदिने स्पष्ट पारेको छ। यस निर्णयसँगै वैदेशिक रोजगारीका लागि प्रक्रिया पूरा गरिसकेका तथा उडानको तयारीमा रहेका कामदारहरू प्रभावित भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*