मध्यपूर्वमा एक नेपालीले ज्यान गुमाए, अमेरिकाले मच्चाएको हिंसाले लियो ज्यान

काठमाडौं । अमेरिकाले इरानमाथि गरेको भीषण आक्रमणपछि उत्पन्न युद्धका कारण दुबईमा एक नेपालीले आज ज्यान गुमाएका छन् । गल्फ न्यूजका अनुसार एक नेपाली युवाले दुबईमा आज ज्यान गुमाएका छन् ।
इरानले दुबईस्थित अमेरिकी एयरबेसमा प्रहार गरेको मिलाईललाई आकाशमा ध्वस्त पार्ने क्रममा त्यसका अवशेषहरु खसेर लाग्दा तीन जनाको ज्यान गएको थियो । मृत्यु हुनेहरुमा एक नेपाली एक पाकिस्तानी र एक बंगलादेशी नागरिक रहेका छन् ।
अनाहकमा नेपाली युवाको निधन भएपछि नेपालीहरुले सामाजिक सञ्जालमा अमेरिका, इजरायल र इरानका विरुद्धमा आक्रोश व्यक्त गर्न सुरु गरेका छन् । उता, पाकिस्तानका हालसम्म दुई जनाको मृत्यु भइसकेको छ । पाकिस्तानमा आज आक्रोसित समुदायले त्यहाँस्थित अमेरिकी राजदूताबासमा ढुंगामुढा प्रहार गरेका थिए ।












