मध्यपूर्वमा बिध्वंश, दर्जनौं अमेरिकी सैनिक मारिए, चार वटा पानी जहाज ध्वस्त, कहाँ कति घाइते ?

काठमाडौं । आफ्ना सर्वोच्च नेता आयोतोल्ला खामेनीको हत्यापछि प्रत्याक्रमणमा उत्रिएको इरानले मध्यपूर्वमा बिध्वंस मच्चाएको छ । समुन्द्रमा सामान बोकेका पानी जहाज, दुबईस्थित सबैभन्दा व्यस्त पोर्ट, विमानस्थल, अमेरिकी सैनिक क्याम्पस सर्वत्र भिषण मिसाइल हमला जारी राखेको छ ।
अमेरिकाले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनी सहित दर्जनौं नेताहरु मारिएका छन् । सोको बदलामा इरानले पनि दर्जनौं अमेरिकी सैनिकहरु मारिने गरी सैन्य कारवाही गरेको छ । हालसम्म तीन जना अमेरिकी सेनाको मृत्यु भएको पेन्टागनले पुष्टि गरिसकेको छ । त्यस्तै दर्जनौं घाइते भएका छन् । उनीहरु कसरी मारिएका हुन् भन्ने पुष्टि भइसकेको छैन ।
उता, कतारमा रहेको अमेरिकी सैनिकहरु बसेको इलाकामा आक्रमण परी कम्तीमा छ जना अमेरिकी सेनाका जासुसी कमाण्डरहरु मारिएको स्पुतनिक ग्लोबलले जनाएको छ ।
उता, स्ट्रेट अफ हर्मुज र ओमानको खाडीमा समेत गरी चार वटा बेलायती र अमेरिकी पानी जहाजमा मिसाइल प्रहार गरिएको छ । ति जहाजहरुमा आगोलाग्न सुरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

खालिज टाइम्सका अनुसार हालसम्म बहराईनमा चार जना घाइते भएका छन् । त्यस्तै, इजरायलमा नौ जनाको मृत्यु अन्य सयौं घाइते भएका छन् । इराकमा दुई जनाको मृत्यु र ३ जना घाइते छन् । कुवेतमा ३२ जना घाइते र एक जनाको मृत्यु भएको छ ।
ओमानमा ५ जना घाइते भएका छन् भने कतारमा १६ जना घाइते भएका छन् । दुबईमा एक जना नेपाली सहित तीन जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएका छन् । उता, अमेरिकी र इजरायलको आक्रमणमा परी इरानमा २१० जनाको मृत्यु भएको छ भने ७४७ जना घाइते भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सनकका भरमा सुरु भएको युद्धले अमेरिकाले मात्रै भयानक क्षति नभोगेर नेपाल जस्तो धेरै पर रहेका देशहरुले समेत भोग्नुपरेको छ । मध्यपूर्वले अभूतपूर्व क्षति व्यहोरिरहेको छ । अमेरिकी सैनिक अखडा राख्न दिँदाको परिणाम भोगेका मध्यपूर्वका देशहरुले इरानले भयानक आक्रमण गर्दा समेत मौन बस्न बाध्य छन् ।












