गणपति लघुवित्तले बोलायो साधारण सभा, शेयरधनीहरुको हात भने रित्तो

१८ फाल्गुन २०८२, सोमबार ०९:४९

काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौँ वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले कास्कीमा रहेको होटल डेब्रेकमा बिहान साढे ११ बजे बस्ने गरी बोलाएको हो ।

शेयरधनीहरुको हात भने यस वर्ष रित्तो हुने भएको छ । संस्थाले गत आर्थिक वर्ष का लागि कुनै पनि प्रकारको लाभांश नदिने निर्णय हो ।

सभामा अन्य कुनै लघुवित्तसँग एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्तिसम्बन्धी उपयुक्त प्रस्ताव आएमा सोसँग सम्बन्धित सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने तथा एकजना सर्वसाधारण सेयरधनीको मनोनयनलाई अनुमोदन गर्ने र ३ जना संस्थापक सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत सभाबाट पारित हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*