ह्वात्तै बढ्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?
१८ फाल्गुन २०८२, सोमबार १०:३८

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उच्च वृद्धि भएको छ । सुन आज तोलामा पाँच हजार ६०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य तोेलामा ३५ रुपैयाँले बढेर प्रतितोला ६ हजार २० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।












