उम्मेदवारबाट मतदाताले पैसा लिएमा ५० हजार जरिवानादेखि एक वर्षसम्म जेल सजाय हुने
१८ फाल्गुन २०८२, सोमबार १२:२९

काठमाडौं । निर्वाचन आयोगले मतदातालाई राजनीतिक दलका प्रतिनिधि वा उम्मेदवारबाट उपहार, पुरस्कार, नगद वा जिन्सी सामग्री लिन नपाइने चेतावनी दिएको छ।
आयोगका अनुसार मतदानको अधिकार प्रयोग गरेबापत कुनै किसिमको बकस, इनाम वा सार्वजनिक भोजमा सहभागी हुनु पनि कानूनविपरीत हुनेछ।
यस प्रकारका गतिविधिमा संलग्न मतदातालाई ५० हजार रुपैयाँ जरिवाना, ६ महिनादेखि १ वर्षसम्म कैद वा दुवै सजायको प्रावधान रहेको आयोगले जनाएको छ।












