सात महिनामा बीमा प्राधिकरणद्वारा ६४ वटा मुद्दा फर्छ्यौट, कस्तो छ समग्र न्यायिक सम्पादन ?

१९ फाल्गुन २०८२, मंगलवार १०:५९

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धि आएका विवादका निवेदन तथा उजुरी फछ्र्यौटलाई निकै प्राथमिकताका साथ अघि बढाएको छ । अध्यक्ष नियुक्तिले समेत न्यायिक कार्य सम्पादन प्रभावित बनेको समयमा पनि प्राधिकरणले मुद्दा फछ्र्यौटलाई प्राथमिकता दिएको हो ।

बीमा प्राधिकरणले प्रकाशित गरेको बीमा प्रतिबिम्ब अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा कुल ९१ वटा मुद्दा दर्ता भएका छन् । समीक्षा अवधिमा केन्द्रिय कार्यालयमा ६५ वटा र प्रदेश कार्यालयमा २६ वटा मुद्दा परेका हुन् । जसमा गत आर्थिक वर्षका बाँकी रहेका ३९४ सहित कुल ४८५ वटा मुद्दा रहेका छन् ।

नेपाल बीमा प्राधिकरणले माघ मसान्तसम्मको अवधिमा ४६ वटा मुद्दामा फैसला सुनाएको छ भने १८ वटा मुद्दामा सहमति गराएको छ । गत वर्षको तुलनामा प्राधिकरणको उजुरी फछर्यौटमा कमि आएको छ । प्राधिकरणले गत आवको सोही अवधिमा ८५ वटा उजुरी फछर्यौट गरेको थियो भने ५६ वटा मुद्दामा सहमति गराएको थियो ।

स्रोतः नेपाल बीमा प्राधिकरण, बीमा प्रतिबिम्ब

 

चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्यांक अनुसार कुल ४२१ वटा उजुरीहरु फछर्यौट हुन बाँकी रहेको छ । गत आर्थिक वर्षको तुलनामा बाँकी रहेका उजुरीको संख्या पनि बढेको छ । गत आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा ३९४ वटा मुद्दाहरु फछ्र्यौट हुन बाँकी रहेको थियो ।

नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति बिबाद र वर्षदिनमै ६ वटा अध्यक्षहरुको आगमनले दैनिक लगायत न्यायिक विषय पनि प्रभावित बन्न पुगेको छ । बीमा प्राधिकरणले बीमा सम्बन्धि आएका सयौं उजुरीहरुको फछर्यौट गर्नको लागि इजलास समेत सञ्चालन गरेको छ ।

निकै लामो समयसम्म बीमा प्राधिकरणमा सञ्चालकहरुको कोरम नपुग्दा समेत कार्यसम्पादन तथा विभिन्न विषयमा निर्णय गर्नुपर्ने कुराहरु प्रभावित बनेका थिए । हाल बीमा प्राधिकरणले इतिहासमै पहिलो महिला अध्यक्षको रुपमा पटक चन्द्रकला पौडेललाई पाएको छ । यो सँगै अन्य सञ्चालकहरु समेतले नियुक्ति पाउँदा कोरम पुगेसँगै न्यायिक तथा निर्णायक विषयहरुमा चाँडो टुङ्गो लाग्ने विश्वास गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*