चुनावबिदा अघि कुन कम्पनीको शेयर किन्न झुम्मिए लगानीकर्ता ?
१९ फाल्गुन २०८२, मंगलवार १५:०९

काठमाडौं । साताको तेस्रो दिन मंगलबार अर्थात चुनाव अघिको अन्तिम कारोबारको दिन नेप्सेमा हरीयाली छाएर बन्द भएको छ ।
आज आँखु खोलाको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज ३४ करोड ६५ लाख बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, रिदि पावर, एसवाई प्यानल, मञ्जुश्री फाइनान्स, नाग्दी गुप्र, रादी विधुत्, कुमारी बैंक, अपी पावर, शिवम् सिमेन्टस र साहस उर्जाको सर्वाधिक कारोबार भएको छ।













