इरानको राष्ट्रपति कार्यालयमा इजरायलको हवाई आक्रमण
१९ फाल्गुन २०८२, मंगलवार १७:५७

काठमाडौँ । इजरायली सेनाले इरानस्थित राष्ट्रपति कार्यालयमाथि हवाई आक्रमण गरेको दाबी गरेको छ।
इजरायल डिफेन्स फोर्सेसले टेलिग्राममार्फत जारी गरेको विज्ञप्तिमा राष्ट्रपति कार्यालय र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदलाई निशाना बनाइएको उल्लेख छ।
त्यस्तै, सेनाले एक सैन्य तालिम संस्था र सरकारका अन्य केही महत्वपूर्ण स्थानहरूमा पनि आक्रमण गरिएको जनाएको छ।












