गाडीमा आगजनी गर्ने दुर्गा प्रसाईं समूहका २ कार्यकर्ता प्रहरी नियन्त्रणमा
१९ फाल्गुन २०८२, मंगलवार १८:२०

काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर घर भइ चन्द्रागिरी नगरपालिका–६ बस्ने २८ वर्षीय सुमन बोहरा र चन्द्रागिरी–६ का ५५ वर्षीय कृष्ण मिजार रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई चन्द्रागिरीबाट पक्राउ गरेको हो। दुवै जना दुर्गा प्रसाईं समूहका कार्यकर्ता हुन्।
घटनास्थलमा दुर्गा प्रसाईंको पर्चा फेला परेको र उनीहरूले सुकेधारा बा ७ च १४०१ र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी गरेको आशंका गरिएको छ। प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।












