धनुषामा शंकास्पद वस्तु विष्फोट, दुई बालबालिका घाइते
१९ फाल्गुन २०८२, मंगलवार १८:४४

काठमाडौँ । धनुषाको मिथिला नगरपालिकामा शंकास्पद वस्तु पड्किँदा दुई बालबालिका घाइते भएका छन्।
मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा पर्ने बडहरी पुलमाथि आज अपराह्न शंकास्पद वस्तु पड्किँदा स्थानीय १५ वर्षीया आशा भुजेल र ८ वर्षीय सुशील माझी घाइते भएका हुन्। घाइतेमध्ये आशा भुजेल टेकबहादुर भुजेलकी छोरी हुन् र सुशील माझी घाइते बालक धनुषाका स्थायी बासिन्दा हुन्।












