दि निलय होटल्सले आईपीओ जारी गर्ने

२० फाल्गुन २०८२, बुधबार ०८:३०

काठमाडौं । दि निलय होटल्स लिमिटेडले आईपीओ जारी गर्ने प्रस्ताव सहित चैत १३ गते शुक्रबार धादिङको थाक्रे गाउँपालिका–८ स्थित आफ्नै कार्यालयमा बिहान ११ बजे पहिलो वार्षिक साधारणसभा बोलाएको छ।

उक्त साधारणसभाले कम्पनीको शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, कम्पनीको सञ्चालक समितिबाट भए गरेका काम कारबाही अनुमोदन गर्ने र लगानी तथा स्रोत जुटाउन आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, गत असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*