पर्सा २ का नेकपा उम्मेदवार शंकास्पद वस्तु सहित पक्राउ

२० फाल्गुन २०८२, बुधबार ०९:१६

काठमाडौं । पर्सा क्षेत्र नम्बर २ का नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मनोज कुमार चौधरीलाई शंकास्पद वस्तु सहित प्रहरीले पक्राउ गरेको छ।

बरहनियार चोकमा नियमति सुरक्षा चेकजाँचका क्रममा चौधरी सवार बा १० च १२५० नम्बरको रातो कार रोकेर खानतलासी गर्ने क्रममा केही शंकास्पद वस्तु फेला परेपछि उनलाई पक्राउ गरिएको हो।

उम्मेदवार चौधरी सहित सत्यनारायण दास, सुरज कार्की र एक जना चालक गरी ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। उक्त गाडीलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ भने गाडीमा सवार व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा राखेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*