देशभर निर्वाचनमा खटिएका २ लाख कर्मचारीको एकमुष्ठ ९ करोडको बीमा

काठमाडौं । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा २ लाख २१ हजार बढी कर्मचारीहरू परिचालित भएका छन् । जसमा २ लाख २१ हजार कर्मचारी खटिएको भएपनि २ लाख १३ हजार कर्मचारीको एकमुस्ट २ लाख १३ हजार कर्मचारीका लागि ९ करोड रूपैयाँ बीमा गराएको निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपाने बताएका छन् ।
निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार देशभर २३ हजार ११२ मतदान केन्द्र र १४३ अस्थायी मतदान केन्द्रका लागि २ लाख २१ हजार बढी कर्मचारीहरू खटिएका छन् ।५ सयभन्दा बढी मतदाता रहेको मतदान केन्द्रमा ९ जना, ५ सयभन्दा कम मतदाता रहेको मतदान केन्द्रमा ८ जना, ३ सयभन्दा कम मतदाता रहेको मतदान केन्द्रमा ७ जना कर्मचारीहरू परिचालित भएका छन् उनले बताएका छन् ।
यसरी कर्मचारी परिचालित हुँदा प्राथमिकतामा संघका कर्मचारीलाई राखिएको छ । निर्वाचन प्रयोजनका लागि २ लाख २१ हजार बढी कर्मचारीहरू खटिएको भएपनि २ लाख १३ हजार कर्मचारीहरूको बीमा गरिएको छ भने प्रति कर्मचारीको रकम २० लाख रूपैयाँ रहेको छ ।
निर्वाचन प्रचार–प्रसारको मौन अवधि शुरू भएपछि आयोगले मौन अवधिमा आचारसंहिता उल्लंघनको समेत अनुगमन शुरू गरेको छ । मौन अवधिमा समेत उम्मेदवारहरूको प्रचारप्रसार भइरहेको हुनाले त्यसलाई सामाजिक सञ्जालबाट डिलिट गर्नका लागि सम्बन्धित निकायमा निर्देशन दिइएको उनले खुलाए ।












