यी चार निर्जीवन बीमा कम्पनीहरुले निर्वाचन बिदामा समेत सेवा उपलब्ध गराउने (सूचनासहित)

काठमाडौं । देश निर्वाचनमा व्यस्त रहेको छ । सरकारले फागुन २० देखि २२ गतेसम्म निर्वाचन प्रयोजनको लागि सार्वजनिक बिदा दिएको छ । देशमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुले निर्वाचन बिदामा पनि बीमा सेवा उपलब्ध गराउने भएका छन् ।
सञ्चालनमा रहेका ४ निर्जीवन बीमा कम्पनीहरुले आफ्ना निश्चित काउन्टर निश्चित समयको लागि खुला राखेर तथा सम्बन्धित कर्मचारीलाई तोकेर बीमितलाई सुबिधा दिन लागेका हुन् । कम्पनीहरुले सो कार्यको लागि सीमित कर्मचारीहरु जिम्मेवारी दिएको छ ।
निर्जीवन बीमा कम्पनीहरुले बीमितहरुलाई आवश्यक परेको सेवा उपलब्ध गराउने भएका छन् । निर्जीवन बीमा कम्पनीहरुले पछिल्लो समय बीमा दावी लगायतका कार्यहरुलाई थप प्राथमिकतामा राखि काम अघि बढाइरहेका छन् । निर्वाचन अवधिको सार्वजनिक विदामा युनाइटेड अजोड इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स र सानिमा जिआईसी इन्स्योरेन्सले नागरिकहरुलाई बीमा सेवा उपलब्ध गराउने भएका छन् ।
सूचनाहरुः
















