निर्वाचनमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्ने रेडक्रसको तयारी

२० फाल्गुन २०८२, बुधबार १६:३४

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी, काठमाडौं जिल्ला शाखाले भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न ३० मतदान केन्द्र परिसरमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्ने भएको छ।

काठमाडौं महानगरपालिकासहित अन्य १० पालिकाका विभिन्न ३० मतदान केन्द्रमा चारचार स्वयंसेवकले सेवा प्रदान गर्ने छन्। साथै ती स्वयंसेवकको अतिरिक्त शाखाले एम्बुलेन्ससहित सातजनाको अलग टोली तयारी गरेको छ।

जिल्ला शाखाका सभापति श्यामकाजी डोटेलले मतदान केन्द्रमा आकस्मिक प्राथमिक उपचार सेवा उपलब्ध गराउनुपर्ने स्थिति सिर्जना हुन सक्ने अवस्था मध्यनजर राखी स्थानीय रूपमा प्राथमिक उपचार टोली तथा सामग्रीहरू पूर्वतयारी गरिएको बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*