झापा निर्वाचन क्षेत्रमा हेलिकप्टरमार्फत जाँदै बालेन
२१ फाल्गुन २०८२, बिहीबार ०९:२८

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)काठमाडौं(२ को मतदान केन्द्रमा मतदान सकेपछि झापा जान लागेका छन् ।
सुरक्षा स्रोतका अनुसार बालेन माउन्टेन एअरको हेलिकप्टरमार्फत झापा जान लागेका हुन् ।
केहीबेरमै उनी झापा प्रस्थान गर्ने बताइएको छ । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उनले उम्मेदवारी दिएका छन् । यो क्षेत्रबाट एमालेका अध्यक्ष केपी शर्मा ओली पनि चुनावी प्रतिस्पर्धामा छन् ।












