१०७ वर्षीय ज्येष्ठ नागरिकले गरे मतदान
२१ फाल्गुन २०८२, बिहीबार ११:४०

काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बन्केवा निवासी १०७ वर्षीय गणेशबहादुर रावतले आज मतदान गरेर नागरिक कर्तव्य पूरा गरेका छन्।
निर्मल आधारभूत प्राथमिक विद्यालय, बन्केवास्थित मतदान केन्द्रमा रावतले आफ्नो मताधिकार प्रयोग गरे। मतदानपछि उनले मत दिन पाउँदा अत्यन्त खुशी लागेको प्रतिक्रिया दिएका छन्।












