पोखरामा पास बिना चलेका ११३ सवारीसाधन प्रहरी नियन्त्रणमा
२१ फाल्गुन २०८२, बिहीबार १२:०९

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले निर्वाचनको दिन बिना पास सञ्चालन गरिएका ११३ सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार बिहान ११ बजेसम्म गरिएको अनुगमनका क्रममा १०७ वटा दुईपाङ्ग्रे र ६ वटा चारपाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिइएको हो।
प्रहरीले निर्वाचनको समयमा पासबिनाका सवारीसाधन सञ्चालन नगर्न सबैलाई आग्रह गरेको छ।












