देशभर बिहान ११ बजेसम्म १०.१८ प्रतिशत मत खस्यो
२१ फाल्गुन २०८२, बिहीबार १२:०७

काठमाडौँ । निर्वाचन आयोगले दिएको तथ्यांक अनुसार आजको निर्वाचनमा बिहान ११ बजेसम्म १९ लाख २३ हजार ८२४ मतदाता मतदानमा सहभागी भएका छन्। यो कुल मतदाता संख्याको १०.१८ प्रतिशत हो।
हाल निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्। यसमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २ सय अन्य मतदाता रहेका आयोगले जनाएको छ।












