झापा–५: साढे १ बजेसम्म ४५ प्रतिशत मत खस्यो

२१ फाल्गुन २०८२, बिहीबार १३:५५

काठमाडौँ । झापा–५ मा बिहीबार दिउँसो साढे १ बजेसम्म करिब ४५ प्रतिशत मत खसिसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार हाल मतदान शान्तिपूर्ण र व्यवस्थित रूपमा जारी छ।

उक्त क्षेत्रमा प्रमुख राजनीतिक प्रतिस्पर्धीका रूपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका नेता बालेन शाह लगायतका उम्मेदवारहरू छन्।

मतदाता उत्साहजनक उपस्थितिका साथ मतदान केन्द्रमा लामो समयसम्म लाइनमा बसेर मतदान गरिरहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*