सिंगो गाँउ नै मतदान प्रक्रियामा भएनन् सहभागी
२१ फाल्गुन २०८२, बिहीबार १५:०८

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–९ वेदिङका कोही पनि मतदाता हालसम्म मतदान प्रक्रियामा सहभागी भएका छैनन् ।
वेदिङ आधारभूत विद्यालय रोल्वालिङ मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी हालसम्म मतदाता कुरेर बसेका छन् । तर, हालसम्म एक जना पनि मतदाता मत हाल्न आएका छैनन् ।
सो केन्द्रमा ११३ जना मतदाता छन् । च्छो रोल्पाको काखमा रहेको वेदिङ भौगोलिक हिसाबले निकै विकट हिमाली गाउँ हो । उक्त गाउँका अधिकांश मतदाता काठमाडौंमा छन् । गाउँमै रहेका मतदातासमेत भोट हाल्न इन्कार गरेका छन् ।












