यी निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी

२१ फाल्गुन २०८२, बिहीबार २०:४९

काठमाडौं । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी निर्वाचन आयोगे गरेको छ ।

आज सम्पन्न निर्वाचनमा काठमाडौं जिल्लामा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ।

काठमाडौं मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले अपराह्न ५ बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भइसकेको र करिब ६०–६५ प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिए।

खसेको मतको यकीन हुन केही समय लाग्ने उनको भनाइ छ।

मुख्य निर्वाचन अधिकृत खड्काले अबको करिब दुई घन्टामै सबै मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गर्ने र त्यसपछि गणना प्रक्रिया प्रारम्भ गरिने जानकारी दिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*