१० दिने सुत्केरी रञ्जु दर्शनाले घण्टीको खाता खोल्दै, काठमाडौं १ मा विजय निश्चित

२२ फाल्गुन २०८२, शुक्रबार ०९:५४

काठमाडौं । १० दिने सुत्केरी रञ्जु दर्शनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट विजयको खाता खोल्ने भएकी छन्।

उनले आफ्नो प्रतिद्वन्दी कांग्रेसका प्रबल थापालाई हराउँदै प्रतिनिधिसभा सांसदमा निर्वाचित हुने लगभग पक्का भएकी हुन्। निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन बाँकी नै छ यद्यपि विपक्षीभन्दा झण्डै ५ हजार मतले अघि रहेकी छिन्।

उनले ९ हजार ७८ मत पाएकी छन् भने कांग्रेसका प्रबल थापा क्षेत्रीले ४ हजार ८७ मत पाएका छन्। रविन्द्र मिश्र भने २ हजार ३५५ मत पाएर तेस्रो स्थानमा सीमित भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*