डोटीमा ११ बजेदेखि मतगणना हुने

२२ फाल्गुन २०८२, शुक्रबार १०:३९

काठमाडौँ ।  डोटीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सम्पन्न भएसँगै शुक्रबार बिहान ११ बजेदेखि मतगणना सुरु हुने भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो।

जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका संकलन भइसकेकाले मतगणनाको प्रक्रिया अघि बढाउन लागिएको मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयले जानकारी दिए। उनका अनुसार आवश्यक व्यवस्थापन पूरा भइसकेकाले निर्धारित समयमै मतगणना सुरु गरिनेछ।

यस निर्वाचनमा डोटीमा कुल ४०.८८ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभरि कुल ५२ हजार ४ सय ८५ मत खसेको हो।

जिल्ला निर्वाचन अधिकारी करूणाकर पन्तका अनुसार खसेको मतमध्ये महिलातर्फ ३१ हजार ९ सय २ मत र पुरुषतर्फ २० हजार ५ सय ८३ मत रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*