रास्वपाको जबरजस्त अग्रताः कांग्रेस–एमालेलाई धक्का, प्रारम्भिक नतिजा रोचक बन्यो

२२ फाल्गुन २०८२, शुक्रबार १०:४८

काठमाडौं । २०८२ सालको निर्वाचनको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेख्य अग्रता लिएको देखिएको छ। सार्वजनिक भएको ताजा विवरण अनुसार रास्वपा ४५ सिटमा अग्रता लिँदै एक सिटमा विजयी भइसकेको छ। यससँगै रास्वपाको कुल सिट संख्या ४६ पुगेको छ।

निर्वाचन परिणामको प्रारम्भिक गणनाले अन्य प्रमुख दलहरू भने सीमित सिटमा मात्र देखिएका छन्। नेकपा एमाले ४ सिटमा अग्रता लिएको छ भने नेपाली कांग्रेस ५ सिटमा अगाडि रहेको छ। त्यसैगरी नेकपा ३ सिटमा अग्रता कायम राखेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ सिटमा अग्रता लिएको छ। त्यस्तै श्रम संस्कृति पार्टीले पनि १ सिटमा अग्रता लिएको प्रारम्भिक विवरणमा उल्लेख छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*