नयाँ अर्थमन्त्री स्वर्णिम वाग्ले बन्दै, उदारवादी अर्थनीति अघि बढाउने

२२ फाल्गुन २०८२, शुक्रबार ११:३९

काठमाडौं । हिजो सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार बन्ने पक्का भएको छ । नयाँ सरकारको नेतृत्व बालेन शाहले गर्नेछन् भने अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बन्ने निश्चित जस्तै छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीभित्र तेस्रो वा चौथो बरियतामा रहेका स्वर्णिम वाग्ले आगामी नयाँ सरकारको अर्थमन्त्री बनेर देशको आर्थिक अवस्था सुधार गर्ने रास्वपा निकट स्रोतले बीमापोष्टलाई जानकारी दिएको छ ।

नयाँ अर्थमन्त्री डा. वाग्लेले उदारवादी अर्थनीति अघि सार्ने तयारी गरेका छन् । नेपालले उदारवादी अर्थनीति एक पटक अभ्यास गरिसकेको विषय हो । पञ्चायतको पतनपछि तत्कालिन अर्थविद डा. रामशरण महतले उदारवादी अर्थनीति अघि सारेका थिए । उदारवादी अर्थनीतिकै कारण देशका आर्थिक सुधार, बैंकिङ क्षेत्रको विस्तार, बीमाको बिस्तार हुन पुगेको थियो । त्यस्तै व्यापार व्यवसायमा पनि उच्च दरमा बृद्धि भएको थियो । शेयर बजारको विस्तार, घरजग्गाको कारोबारमा उच्च बृद्धि भएको उदार अर्थनीति अहिले पनि अघि सार्ने योजनामा छन्, डा. स्वर्णिम वाग्ले ।

२०७४ साल र २०७२ सालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएर काम गरेका डा. वाग्ले उर्जा, शहरीकरण तथा उपभोगवादी आर्थिक नीतिमा अग्रसर हुन चाहेको देखिन्छ । उनको यो नीतिले केही समय त आर्थिक अवस्थामा उछाल आउला तर दीर्घकालिन रुपमा देश झनै कंगाल बन्छ कि आर्थिक सुधार आउँछ त्यो योजना कार्यान्वयन गरेपछि मात्रै थाहा हुुनेछ ।

नयाँ शक्तिप्रति जनताले देखाएको अथाह विश्वास र आगाध भरोसालाई डा. वाग्लेले आर्थिक विकास गरेर चित्त बुझाउन सक्लान् वा सक्दैनन् त्यो प्रतिक्षाको बिषय बन्नेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*