कैलाली–२ मा मतगणना सुरु
२२ फाल्गुन २०८२, शुक्रबार ११:४८

काठमाडौं। कैलालीको निर्वाचन क्षेत्र नम्बर–२ मा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
कैलाली–२ मा नेपाली कांग्रेसका विजय बहादुर स्वाँर, नेकपा एमालेका सूर्य बहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीका नन्द बहादुर साउँद र राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ १५ जना उम्मेदवार मैदानमा छन् ।
२०७९ मा भएको निर्वाचनमा सो क्षेत्रबाट नागरिक उन्मुक्ति पाटीका अरुन कुमार चौधरी निर्वाचित भएका थिए ।












