देशभर रास्वपाको लहरः ५१ सिटमा सबैभन्दा अगाडि, कांग्रेस र एमालेको हरिबिजोक

२२ फाल्गुन २०८२, शुक्रबार १२:१८

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत जारी मतगणनाको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय अग्रता कायम गरेको छ। प्राप्त प्रारम्भिक परिणामले नयाँ शक्तिका रूपमा उदाएको रास्वपाको प्रभाव थप बलियो देखिएको छ।

हालसम्मको तथ्यांक अनुसार रास्वपाले ५१ सिटमा अग्रता लिएको छ भने १ सिटमा जित सुनिश्चित गरिसकेको छ। यससँगै रास्वपाको कुल सिट संख्या ५२ पुगेको छ। अन्य प्रमुख दलहरू भने तुलनात्मक रूपमा निकै पछाडि देखिएका छन्।

पछिल्लो विवरण अनुसार नेपाली कांग्रेस ७ सिटमा अग्रता लिइरहेको छ। यद्यपि उसले हालसम्म कुनै सिटमा औपचारिक जित हासिल गर्न सकेको छैन। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ४ सिटमा अग्रता कायम गर्दै तेस्रो स्थानमा रहेको छ।

यसैगरी नेकपा ३ सिटमा अग्रता लिएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ सिटमा अग्रता कायम गरेको छ। त्यस्तै श्रम संस्कृति पार्टीले पनि १ सिटमा अग्रता लिएको देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*