झापा ५ मा बालेन्द्र शाहले ओलीलाई भारी मतान्तरले पछि पार्दै चुनावी दौडमा रफ्तार बढाए
२२ फाल्गुन २०८२, शुक्रबार १३:२६

काठमाडौं । प्रतिनिधि सभा सदस्यको निर्वाचनको मतगणनामा झापा ५ मा बालेन्द्र शाह (बालेन) ले रफ्तार बढाउँदै लगेका छन्।
प्रारम्भिक गणनामा दोब्बर मतान्तरले अघि रहेको बालेनले ओलीलाई पछि छाड्दै तेब्बर मतान्तरले अघि बढेका छन्। बालेनले ५२५४ मत सहित अग्रता कायम गर्दा केपी शर्मा ओलीले १२४८ मत पाएका छन्।
बालेन र केपी शर्मा ओली दुबै प्रधानमन्त्रीका आकाङ्क्षी हुन्।












