रेणु दाहालभन्दा दोब्बर मतले सोविता गौतम अगाडि

काठमाडौं । पछिल्लो मतगणना परिणाम अनुसार चितवन क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिष्ट पार्टी (तारा) की उम्मेदवार रेणु दाहालभन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) की उम्मेदवार सोविता गौतम दोब्बर मतान्तरले अगाडि रहेकी छन्।
हालसम्मको मतगणना परिणाम अनुसार अग्रतामा रहेकी सोविता गौतमले ४ हजार ९४४ मत प्राप्त गरेकी छन् भने दोस्रो स्थानमा रहेकी रेणु दाहालले २ हजार ९६० मत प्राप्त प्राप्त गरेकी छन्।
यता तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार शंकरराज थपलियाले ८५२ मत पाएका छन् भने चौथो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार टेकप्रसाद गुरुङ ५५६ मत ल्याएर छन्। यता राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक थापा (मगर) १४८ मत सहित पाँचौ स्थानमा रहेका छन्।












