७७ ठाउँमा रास्वपाको अग्रताः कांग्रेस दोस्रो स्थानमा हुँदा एमाले भने नेकपाभन्दा पछि

२२ फाल्गुन २०८२, शुक्रबार १४:१८

काठमाडौँ। बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ। प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म २ क्षेत्रको नतिजा सार्वजनिक भएको छ भने अन्य क्षेत्रमा मतगणना प्रक्रिया जारी छ।

मतगणना भइरहेका क्षेत्रमध्ये रास्वपाले १ क्षेत्रमा प्रत्यक्ष जित हासिल गर्दै कुल ७७ स्थानमा अग्रता कायम गरेको छ।

त्यसैगरी नेपाली कांग्रेसले १ क्षेत्रमा जित निकाल्दा ९ क्षेत्रमा अग्रता बनाएको छ। नेकपाले ७ स्थानमा अग्रता बनाएको छ भने नेकपा एमालेले ६ क्षेत्रमा अग्रता लिएको छ। राप्रपाले १ स्थानमा अग्रता बनाएको छ। स्वतन्त्र उम्मेदवारसहित अन्य साना दलहरूले ३ स्थानमा अग्रता कायम गरेको देखिन्छ।

मतगणना भइरहेका अन्य क्षेत्रको काम जारी छ भने कतिपय स्थानमा मतपेटिका संकलनको तयारी भइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*