झापा–५ मा बालेनको फराकिलो अग्रता, ओली धेरै पछाडि

२२ फाल्गुन २०८२, शुक्रबार १५:५४

काठमाडौँ । झापा निर्वाचन क्षेत्र नम्बर ५ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले उल्लेखनीय अग्रता बनाएका छन्।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार बालेनले ६ हजार ५ सय ५१ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले १ हजार ४ सय २८ मत पाएका छन्।

त्यसैगरी श्रम संस्कृति पार्टीका समीर तामाङले ३ सय ८१ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले २ सय १६ मत ल्याएकी छन् भने नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले १ सय ६५ मत पाएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*