देशैभर रास्वपाको लहरः ९४ स्थानमा अग्रता, कांग्रेस र एमालेलाई धक्का

२२ फाल्गुन २०८२, शुक्रबार १६:२२

काठमाडौँ ।  २०८२ को मतगणनामा नयाँ राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट अग्रता कायम गरेको छ। पछिल्लो मतपरिणामअनुसार रास्वपाले ९४ स्थानमा अग्रता लिँदै १ स्थानमा जित निकाल्दै कुल ९५ सिट सुरक्षित गरेको देखिएको छ।

यसैगरी नेपाली कांग्रेस ११ स्थानमा अग्रता र १ स्थानमा जितसहित कुल १२ सिटमा देखिएको छ। नेकपा (एमाले) ९ स्थानमा अग्रता लिँदै तेस्रो स्थानमा रहेको छ भने नेकपा (माओवादी केन्द्र) पनि ९ स्थानमा अग्रता कायम गर्दै प्रतिस्पर्धामा रहेको छ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), श्रम संस्कृति पार्टी र स्वतन्त्र उम्मेदवार हरूले पनि समान रूपमा १/१ स्थानमा अग्रता कायम गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*