बालेन ओलीभन्दा कति मतले अघि छन् ?
२२ फाल्गुन २०८२, शुक्रबार १७:४८

काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा–५ मा मतान्तर थप बढाएका छन् ।
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको मतान्तर ९ हजार २५३ पुर्याएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले यसअघि सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार बालेनको मत ११ हजार ९४५ पुगेको छ ।
उनलाई ओलीले २ हजार ६९२ मतका साथ पछ्याइ रहेका छन् । श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ एक हजार ४७७ मतका साथ तेस्रो स्थनामा छन् ।












