सर्लाही–३ मतगणनाः रास्वपाका साहले ५ हजार ४२४ मत ल्याउँदा नेकपाका श्रेष्ठको ७२० मत
२२ फाल्गुन २०८२, शुक्रबार १७:५७

काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर–३ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र साह कलवार अग्रस्थानमा देखिएका छन्।
प्रारम्भिक मतपरिणाम अनुसार रास्वपाका कलवारले ५ हजार ४ सय २४ मत प्राप्त गरेका छन्। नेकपाका उम्मेदवार नारायणकाजी श्रेष्ठ भने दोस्रो स्थानमा रहेका छन्। उनले हालसम्म ७२० मत प्राप्त गरेका छन्, जुन अग्रस्थानमा रहेका उम्मेदवारभन्दा निकै कम हो।
यसैगरी नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार खनालले ५४० मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार हरिप्रसाद उप्रेतीले ३३६ मत प्राप्त गरेका छन्।












