दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतको आदेश
२२ फाल्गुन २०८२, शुक्रबार १८:०५

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतले आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलास उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए । उक्त रिटमाथि शुक्रबार सुनुवाइ गर्दै उनलाई थुनामुक्त गर्ने आदेश दिइएको हो ।












