मादलको अभेद्य भक्तपुर १ मा सिटिजन लाइफका एजेन्सी म्यानेजर रुकेश रञ्जितले घण्टीबाट निकाले जीत

काठमाडौं । भक्तपुर क्षेत्र नं १ नेपाल मजदुर किसान पार्टीको गढ क्षेत्र मानिन्छ । विगत ३४ बर्षदेखि उक्त क्षेत्रमा मादल चिन्ह बाहेक अन्य पार्टीका चिन्हले चुनाव जित्न सकेका छैनन् । सो पार्टीका प्रभावशाली नेता नारायणमान बिजुक्छेको क्षेत्रमा यस पटकको निर्वाचनमा सिटिजन लाइफका एजेन्सी म्यानेजर समेत रहेका रास्वपाका उम्मेदरवार रुकेश रञ्जितले बाजी मार्न सफल भएका छन् ।
रञ्जितले नेपाल मजदुर किसान पार्टी (नेपकिपा) का प्रेम सुवाललाई भारी मतले पराजित गर्दै जीत हासिल गरेका हुन् ।
रञ्जितले ३३,४३६ मत प्राप्त गरेका छन् । उनका निकटत्तम प्रतिद्वन्द्वी नेमकिपाका उम्मेदवार प्रेम सुवालले २८,१४७ मत प्राप्त गरेका छन् । उनले ५,२८९ मतान्तर पराजित गरी प्रतिनिधि सभामा प्रवेश गर्न सफल भएका छन् । नेपाली बीमा क्षेत्रका एक प्रतिनिधिको रुपमा अबका दिनमा रुकेशले संसदमा बीमा क्षेत्रको बिषयमा दरिलो आवाज उठाउने विश्वास गरिएको छ ।












