९९ सिट जितिसकेको रास्वपा २६ सिटमा अगाडि, अन्य दलको अवस्था कस्तो?

काठमाडौं । प्रतिनिधिसभा सदस्यको पछिल्लो मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुईतिहाइ बहुमततर्फ लम्किरहेको देखिएको छ।
हालसम्म ९९ सिट जितिसकेको रास्पवा २६ सिटमा अग्रता कायम गरिरहेको छ भने १४ सिट जितिसकेको नेपाली कांग्रेस २ सिटमा अग्रता कायम गरेको छ। एता नेकपा एमालेले ७ सिट जितिसकेको छ भने ४ सिटमा अग्रता कायम गरेको छ।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीले ६ सिटमा जित हासिल गरेको छ भने २ सिटमा अग्रता कायम गरेको छ। राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ सिट मात्रै जितेको छ भने श्रम संस्कृति पार्टीले ३ सिटमा आफ्नो अग्रता कायम गरेको छ।
त्यसैगरी पछिल्लो मतपरिणाम अनुसार समानुपातिकतर्फ रास्वपाले १० लाख ३१ हजार ७१८ मत प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहको कांग्रेसले ३ लाख ४३ हजार ६५७ सिट प्राप्त गरेको छ। त्यसैगरी तेस्रो स्थानमा रहेको एमालेले २ लाख ७३ हजार ११ मत पाउँदा नेपाली कम्युनिष्ट पार्टीले १ लाख २० हजार १०७ मत प्राप्त गरेको छ।
त्यस्तै राष्ट्रिय प्रजातन्त पार्टीले ७३ हजार ८५७ मत पाएको छ भने हर्क साम्पाङ्ग नेतृत्वको श्रम संस्कृति पार्टीले ४३ हजार २४२ मत प्राप्त गरेको छ। सरसर्ति हेर्दा रास्पवा दुईतिहाइ बहुमततर्फ लम्किरहेको छ भने कांग्रेस दोस्रो ठूलो दल बन्न अग्रसर देखिएको छ। यता एमाले दोहोरो अंकको सिट प्राप्त गर्न संघर्षरत देखिएको छ भने नेपाली कम्युनिष्ट पार्टी एकल अंकको सिटमा समेटिने निश्चित जस्तै देखिएको छ।












