पाल्पा–२ मा रास्वपाका माधवबहादुर थापा विजयी

२४ फाल्गुन २०८२, आईतवार ०९:५०

काठमाडौं । पाल्पा क्षेत्र–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवबहादुर थापा निर्वाचित भएका छन् । २६ हजार ७३६ मत प्राप्त गरेर थापा निर्वाचित भएका हुन् । थापाका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमालदत्त श्रेष्ठले १२ हजार ९९२ मत प्राप्त गरेका छन्।

त्यस्तै, नेकपा (एमाले)का ठाकुरप्रसाद गैरेले १० हजार ५०३, नेपाली कम्युनिस्ट पार्टी सोमप्रसाद पाण्डेयले ५ हजार २८८ र नेशनल रिपब्लिक नेपालका देवप्रसाद श्रेष्ठले ६९३ मत प्राप्त गरेका छन् ।

निर्वाचित थापाले जितपछि सबै पाल्पालीको आफू सांसद् भएको र परिवर्तनको एजेन्डा स्थापित गर्न लागि पर्ने बताए । पाल्पाको रिब्दिकोट गाउँपालिका ७ पालुङ्मैनादी घर भए पनि रुपन्देही बुटवलमा बसोवास गर्दै आएका थिए ।

पाल्पा–२ मा यस अघि एमालेका ठाकुर गैरे विजयी भएका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*