अमरेशलाई गगनको बधाई

२४ फाल्गुन २०८२, आईतवार १०:३०

काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगनकुमार थापाले प्रतिद्वन्द्वी रास्वपाका उम्मेदवार अमरेश कुमार सिंहलाई बधाई तथा शुभकामना दिएका छन् ।

मतगणनाको अन्तिम समयमा पराजित हुने निश्चित भएपछि उनले सिंहलाई बधाई दिएका हुन् । उनले मतदाताले देखाएको माया, विश्वास र समर्थनप्रति कृतज्ञता व्यक्त गर्दै क्षेत्रका सबै मतदातालाई धन्यवाद दिएका छन्।

गगनले भनेका छन्,‘यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*