आज शेयर बजार बन्द रहने

काठमाडौँ । आज नारी दिवसका अवसरमा नेपाल स्टक बजार बन्द रहने भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुराहरि पराजुलीले सार्वजनिक बिदा परेकाले आज शेयर कारोबार नहुने जानकारी दिएका हुन्। निर्वाचनपछि लगातार बन्द रहेको बजार अब भने भोलिदेखि मात्रै खुल्ने भएको छ।
निर्वाचन सम्पन्न भएसँगै राजनीतिक स्थायित्वको अपेक्षा बढेका कारण शेयर बजारप्रति लगानीकर्ताको चासो पनि बढ्न थालेको छ। स्थायी सरकार गठन हुने निश्चिततासँगै आर्थिक नीतिमा स्पष्टता आउने अपेक्षा गरिएको छ, जसले पूँजी बजारमा सकारात्मक प्रभाव पार्न सक्ने विश्वास गरिएको छ।
यसअघि नीतिगत सुधारका प्रयास भए पनि राजनीतिक अस्थिरताका कारण शेयर बजारमा बारम्बार उतारचढाव देखिँदै आएको थियो। सरकारको स्थायित्व कायम भएमा लगानीकर्ताको विश्वास बढ्ने र बजारमा नयाँ लगानी आकर्षित हुने अपेक्षा गरिएको छ।












