बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
२४ फाल्गुन २०८२, आईतवार १०:३६

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज एकैदिन तोलामा तीन हजार ५०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको हो ।
यता, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ४७५ रुपैयाँ कायम भएको छ ।












